आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रधानमन्त्री शाहद्वारा दुई नयाँ मन्त्री नियुक्त, आजै शपथ हुने

प्रधानमन्त्री शाहद्वारा दुई नयाँ मन्त्री नियुक्त, आजै शपथ हुने

67

काठमाडौं, २७ चैत — प्रधानमन्त्री वालेन्द्र शाहले रिक्त रहेका दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरेपछि खाली रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ।

त्यस्तै, सुरुदेखि नै प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरी कुमारी यादवलाई दिइएको छ।
रामजी यादव सप्तरी–२ बाट निर्वाचित सांसद हुन् भने गौरी यादव महोत्तरी–४ बाट प्रतिनिधिसभा सदस्य हुन्। नयाँ नियुक्त मन्त्रीहरूको शपथ आजै हुने सचिवालयले जनाएको छ।