आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News रुबी कुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

रुबी कुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

58

काठमाडौं, २७ चैत — प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर निर्वाचित भएकी छन्। संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उनी उपसभामुखमा चयन भएकी हुन्।

शुक्रबार सम्पन्न मतदान प्रक्रियामा ठाकुरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २२९ सांसदले मतदान गरेका थिए। प्रस्तावको विपक्षमा भने ५ मत मात्र परेको थियो। त्यसपछि सभामुखले ठाकुर उपसभामुखमा निर्वाचित भएको घोषणा गरेका थिए।