63
वीरगञ्ज, २७ चैत — जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त टोलीले मध्यराति वीरगञ्जका क्यासिनोहरूमा आकस्मिक अनुगमन गरेको छ।
प्रहरीले किङ क्यासिनो, सुरज होटलस्थित क्यासिनो तथा सरोबर पोटिकामा सञ्चालित क्यासिनोमा एकैपटक चेकजाँच गरेको जनाएको छ। अनुगमनका क्रममा क्यासिनो परिसर, खेल क्षेत्र र प्रवेशद्वारमा विशेष निगरानी गरिएको थियो।
प्रहरीका अनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा लगाइएको प्रतिबन्धको कार्यान्वयन अवस्था बुझ्नु र अवैध गतिविधि नियन्त्रण गर्नु अनुगमनको मुख्य उद्देश्य रहेको थियो।
अनुगमनका क्रममा कुनै पनि नेपाली नागरिक क्यासिनोभित्र फेला नपरेको प्रहरीले जनाएको छ। प्रहरीले यस्ता छड्के अनुगमन आगामी दिनमा पनि निरन्तर जारी राख्ने बताएको छ।