आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पाटनमा चक्कु प्रहारबाट दुई दाजुभाइको मृत्यु, एक पक्राउ

पाटनमा चक्कु प्रहारबाट दुई दाजुभाइको मृत्यु, एक पक्राउ

69

ललितपुर, २६ चैत — पाटन दरबार क्षेत्रमा बुधबार साँझ भएको चक्कु प्रहारमा दुई दाजुभाइको ज्यान गएको छ। मृत्यु हुनेमा ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सामान्य फोन डायलको त्रुटिबाट सुरु भएको विवाद मिलाउन पुगेका उनीहरूमाथि आक्रमण भएको हो। नजिकैको मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले सिर्जनमाथि चक्कु प्रहार गरेका थिए भने छुट्याउन गएका सुमितमाथि पनि आक्रमण भएको थियो।

गम्भीर घाइते दुवैलाई तत्काल बीएन्डबी अस्पताल, ग्वार्को लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि फरार हुने प्रयास गरेका आरोपीलाई प्रहरीले नजिकैबाट पक्राउ गरेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।