आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ओली हाजिरी जमानीमा रिहा, परिवारको जिम्मा लगाइयो

ओली हाजिरी जमानीमा रिहा, परिवारको जिम्मा लगाइयो

82

काठमाडौं, २६ चैत — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई हाजिरी जमानीमा रिहा गरिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराई ले अनुसन्धानका क्रममा आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई उनकी पत्नी राधिका शाक्य को जिम्मा लगाइएको जानकारी दिए।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। स्वास्थ्य अवस्था जटिल भएपछि ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने लेखक अझै हिरासतमा छन्।

ओलीकी पत्नी शाक्य र लेखकपत्नी यशोदा लेखक ले गैरकानूनी हिरासतविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए। त्यसपछि सर्वोच्च अदालत ले चैत २६ सम्म अनुसन्धान टुंग्याउन आदेश दिएको थियो।

अदालतको सोही आदेशअनुसार ओलीलाई रिहा गरिएको हो। प्रहरीका अनुसार पूर्वगृहमन्त्री लेखकलाई पनि आजै रिहा गर्ने तयारी छ।