आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मधेसमा आम सञ्चार प्राधिकरणद्वारा दुई दिने पत्रकारिता तालिम

मधेसमा आम सञ्चार प्राधिकरणद्वारा दुई दिने पत्रकारिता तालिम

71

धल्केवर, २५ चैत — आमसञ्चार प्राधिकरणको आयोजनामा मधेस प्रदेशका अनलाइन सञ्चारकर्मीहरूका लागि सञ्चालन गरिएको दुई दिने समाचार लेखन तथा सम्पादन तालिम बुधबार सम्पन्न भएको छ। तालिम कोमल होटेल, धल्केवरमा आयोजित गरिएको थियो।

कार्यक्रमको उद्घाटन मधेस प्रदेशका अर्थमन्त्री महेश यादवले दीप प्रज्वलन गरी गरेका थिए। उनले अनलाइन मिडियालाई सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न आग्रह गरे।

मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादव र आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्रकुमार खड्काको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो। तालिममा धर्मेन्द्र झा र कृष्ण अधिकारीले प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा अनलाइन पत्रकारिता, समाचार सङ्कलन, सम्पादन तथा आचारसंहिताका विषय समेटिएका थिए।

प्रदेशका आठ जिल्लाबाट ६० सञ्चारकर्मी सहभागी भएको उक्त तालिमले पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धिमा सहयोग पुग्ने जनाइएको छ। कार्यक्रमपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।