82
काठमाडौं, २५ चैत — गृहमन्त्री सुधन गुरुङ्ले नेपालका उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार गरी विदेशी बैंकमा रकम जम्मा गरेको विषयमा अनुसन्धान गर्न स्विट्जरल्यान्डसँग सहकार्यको प्रस्ताव गरेका छन्।
बुधवार गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री गुरुङले नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डेनियल म्युवली सँग यस्तो आग्रह गरेका हुन्। गृहमन्त्रीको सचिवालयका अनुसार, यदि नेपालीहरूले अवैध रूपमा स्वीस बैंकमा रकम राखेको प्रमाण भेटिएमा उक्त रकम फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन सहयोग गर्न आग्रह गरिएको छ।
भेटवार्ताका क्रममा विकास सहकार्य, सुशासन प्रवर्द्धन तथा विपद् व्यवस्थापनका विषयमा समेत छलफल भएकोले जनाएको छ।
नेपालमा पछिल्लो समय भ्रष्टाचार नियन्त्रण र अवैध सम्पत्ति छानबिनलाई प्राथमिकतामा राख्दै सरकारले अन्तर्राष्ट्रिय सहकार्य बढाउने संकेत दिएको छ।