आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजु देउवाविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजु देउवाविरुद्ध पक्राउ पुर्जी जारी

71

काठमाडौँ, २५ चैत –  पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत, काठमाडौँबाट पक्राउ पुर्जी जारी गरेको छ।

उच्च स्रोतका अनुसार अदालतले अनुमति दिएको भए पनि दम्पती हाल बिदेशमा रहेका कारण पक्राउ हुन सकेका छैनन्।

यसअघि जेनजी आन्दोलनको समयमा देउवाको बुढानीलकण्ठस्थित घरमा अवैध रुपमा पैसा फेला परेको विषय सार्वजनिक भएको थियो, जसको अनुसन्धानका क्रममा विभागले निवासमा पुगेर मुचुल्का पनि उठाएको थियो। अहिले यो मुद्दाको थप अनुसन्धान सीआईबीले अघि बढाइरहेको छ।