81
काठमाडौं, २५ चैत — नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ एकैदिन ७ हजार २ सय रुपैयाँले वृद्धि हुँदै प्रतितोला २ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
यसअघि हिजो सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो। निरन्तर बढ्दो प्रवृत्तिले सुन बजारमा चासो बढाएको छ।
त्यस्तै, चाँदीको भाउ पनि आज वृद्धि भएको छ। चाँदी प्रतितोला २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।