आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News साउनदेखि २४ घण्टाभित्रै लाइसेन्स पाइने, दैनिक करिब ४० हजार लाइसेन्स छापिँदै

साउनदेखि २४ घण्टाभित्रै लाइसेन्स पाइने, दैनिक करिब ४० हजार लाइसेन्स छापिँदै

103

काठमाडौं, २५ चैत २०८२— सरकारले साउन महिनादेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियालाई सहज बनाउँदै ट्रायल पास गरेको २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध गराउने तयारी गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय का अनुसार हाल झण्डै ३० लाख लाइसेन्स छपाई हुन बाँकी रहेकाले पहिलो चरणमा ती सबै छपाइ गरी वितरण गरिनेछ। त्यसपछि मात्र नयाँ लाइसेन्स २४ घण्टाभित्रै दिने व्यवस्था कार्यान्वयनमा ल्याइनेछ।

मन्त्रालयले असार महिनाभित्र सबै बाँकी लाइसेन्स छापिसक्ने लक्ष्य लिएको जनाएको छ। पछिल्लो समय लाइसेन्स छपाइ कार्यमा तीव्रता आएको छ। अहिले दैनिक करिब ४० हजार लाइसेन्स छापिँदै आएको छ, जुन पहिले दैनिक १५ सयदेखि २ हजार मात्र थियो।

लाइसेन्स छपाइको जिम्मा सुरक्षण मुद्रण केन्द्र लाई दिइएको छ। केन्द्रसँग १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएकोमा हालसम्म ३ लाख लाइसेन्स छापेर विभागलाई पठाइसकेको छ भने बाँकीका लागि विवरण पठाउने क्रम जारी रहेको छ।