आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सरकारी सञ्चारमाध्यममै सूचना सीमित गर्ने निर्णय सच्याउन तीन दिने अल्टिमेटम

सरकारी सञ्चारमाध्यममै सूचना सीमित गर्ने निर्णय सच्याउन तीन दिने अल्टिमेटम

81

काठमाडौं, २० चैत — नेपाल पत्रकार महासंघले सरकारी सूचना तथा विज्ञापन केवल सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने निर्णय सच्याउन सरकारलाई तीन दिने अल्टिमेटम दिएको छ।

शुक्रबार काठमाडौंमा सरोकारवालासँग आयोजित छलफलपछि महासंघले उक्त निर्णय फिर्ता लिन सरकारलाई समयसीमा तोकेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहहरूलाई जारी गरिएको परिपत्रप्रति असन्तुष्टि जनाउँदै महासंघले विरोध जनाएको हो।

छलफलमा सहभागीहरूले सरकारको कदम विभेदकारी भएको उल्लेख गर्दै यसले स्वतन्त्र सञ्चारमाध्यमहरूलाई प्रत्यक्ष असर पार्ने बताएका थिए। सहभागीहरूले निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन्।

महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारी सूचना प्रकाशन तथा प्रसारणसम्बन्धी निर्णयले निजी तथा स्वतन्त्र सञ्चारमाध्यमलाई समस्या पर्ने बताइन्। उनले निर्णय पुनरावलोकनका लागि सरकारसँग वार्ता प्रक्रिया पनि सँगसँगै अघि बढाइने जानकारी दिइन्।