काठमाडौं, २० चैत — जिल्ला प्रहरी परिसर काठमाडौंले अवैध रूपमा क्रिप्टोकरन्सी कारोबार गरेको आरोपमा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरूसँग सम्पर्क गरी विश्वासमा पार्दै बैंक खाताहरू प्रयोग गरेर ठगी गर्ने गतिविधिमा संलग्न व्यक्ति पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ बस्ने ३५ वर्षीय चिनिया नागरिक Zhu Yi Feng रहेका छन्। उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–२६ ठमेल स्थित ठाउँबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार ती व्यक्तिले करिब १७ करोड ७९ लाख ७० हजार ३ सय ७१ रुपैया तेइस पैसा बराबरको अवैध मुद्रा (USDT क्रिप्टोकरन्सी) को कारोबार गरेको पाइएको छ। उनीमाथि विभिन्न माध्यमबाट रकम संकलन गरी International Express लगायतका माध्यम प्रयोग गरेर रकम पठाउने कार्यमा संलग्न रहेको आरोप छ।
घटनासम्बन्धी थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। थप जानकारीको लागि तल राखिएको बिज्ञप्ति हेर्नुहोस |
