आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News २० हजार घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

२० हजार घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

126

काठमाडौं, १७ चैत — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक (सई) लाई रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रहरी वृत्त मालिगाउँमा कार्यरत ३५ वर्षीय सई दिनेश राउत रहेका छन्। उनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने भन्दै सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोप लागेको आयोगले जनाएको छ।

आयोगका अनुसार राउतलाई गहनापोखरीस्थित ग्रिन स्टार क्याफेबाट साँझ करिब ५ बजे घुससहित नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको