आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News रौतहट अदालतका कर्मचारी ५० हजार घुससहित पक्राउ

रौतहट अदालतका कर्मचारी ५० हजार घुससहित पक्राउ

108

रौतहट, १७  चैत — अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिट्ठा लव कुमार सिंहलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ।

आयोगका अनुसार अदालतको फैसला बमोजिम दाखिला खारेज पूर्जी गरी जग्गा फुकुवा गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले सिंहलाई नियन्त्रणमा लिएको हो।

सिंहले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ। पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको पनि आयोगले जानकारी दिएको छ।