आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News इटहरी यातायात कार्यालयमा अनियमितता, प्रमुखलाई पदमुक्त गर्दै छानबिन तीव्र

इटहरी यातायात कार्यालयमा अनियमितता, प्रमुखलाई पदमुक्त गर्दै छानबिन तीव्र

107

इटहरी, १७ चैत – इटहरीस्थित सवारी चालक अनुमतिपत्र कार्यालयमा अनियमितता भएको खुलासा भएको छ। लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई समेत बिचौलिया र कर्मचारीको मिलेमतोमा पास गराइएको आरोप लागेपछि कार्यालय प्रमुख सतीश सत्याल लाई मन्त्रालय तानिएको छ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले छानबिन समिति गठन गरी अनुसन्धान सुरु गरेको छ। विशेषगरी स्वास्थ्य परीक्षणमा फेल भएका व्यक्तिलाई पैसा लिएर पास गराइएको उजुरीपछि छड्के अनुगमन गरिएको थियो, जसमा अनियमितता भेटिएको मन्त्रालयले जनाएको छ।

मन्त्री इन्द्रमणि पराजुली को निर्देशनमा भएको अनुगमनपछि सत्यालमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। साथै, अन्य केही कर्मचारीमाथि पनि संलग्नताको आरोप लागेको छ।

उक्त घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ भने प्रतिवेदनका आधारमा थप कारबाही गरिने जनाइएको छ। हाल कार्यालयको जिम्मेवारी निमित्तका रूपमा सुभाष कार्कीलाई दिइएको छ।