आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था लागू, टोकन प्रणाली खारेज

आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था लागू, टोकन प्रणाली खारेज

78

काठमाडौं, १६ चैत — अबदेखि श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन स्वीकृति पाइने भएको छ। यसअघि लागू रहेको टोकन प्रणाली हटाइएपछि सेवाग्राहीले छिटो सेवा पाउने अपेक्षा गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि वैदेशिक रोजगार विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। यसअघि दैनिक सीमित संख्यामा मात्र टोकनमार्फत श्रम स्वीकृति प्रदान गरिँदै आएको थियो।
विभागका अनुसार आवश्यक कागजात पूरा भएको अवस्थामा सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति उपलब्ध गराइनेछ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहको उपस्थितिमा बसेको बैठकले सेवा प्रवाह सुधारका विभिन्न निर्णयहरू गरेको थियो। बैठकमा सरकारले चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमाथि छलफल समेत गरिएको थियो।

मन्त्री साहले श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै श्रमिकको हकहित संरक्षणका लागि ठोस कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिएका छन्।