आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News स्वास्थ्य समस्यापछि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्का त्रिवि शिक्षण अस्पताल भर्ना

स्वास्थ्य समस्यापछि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्का त्रिवि शिक्षण अस्पताल भर्ना

80

काठमाडौँ, १६ चैत २०८२  गत चैत १५ गते आइतबार पक्राउ परिएका पूर्वमन्त्री दिपक खड्का स्वास्थ्य समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

उनलाई पक्राउ गरेपछि अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।

गत भदौमा भएको जेन(जी आन्दोलनसँग सम्बन्धित विषयमा अनुसन्धानका क्रममा उनका घरबाट ठुलो परिमाणमा रकम भेटिएको थियो। सोही विषयमा थप अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

खड्का अहिले अस्पतालमा उपचाररत रहेका छन् भने अनुसन्धान प्रक्रिया पनि जारी छ।