काठमाडौँ, १६ चैत – प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री शाहले अपराह्न ४ बजे बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने एक मन्त्रीले जानकारी दिएका छन्।
सरकारले यसअघि सार्वजनिक गरेको १०० दिने कार्यसूची कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताइएको छ। आजको बैठकमा उक्त कार्यसूचीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। स्रोतका अनुसार विभिन्न मन्त्रालयहरूलाई जिम्मेवारी बाँडफाँट तथा कार्यान्वयनको गति बढाउने विषय प्राथमिकतामा पर्नेछ।
यसैबीच, जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्। सोही प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरूलाई पनि निरन्तर रूपमा पक्राउ गर्ने क्रम जारी रहेको जनाइएको छ।