आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मनसुनअघि पूर्वतयारी गर्न सरकारलाई गृहमन्त्रीको कडा निर्देशन

मनसुनअघि पूर्वतयारी गर्न सरकारलाई गृहमन्त्रीको कडा निर्देशन

84

काठमाडौं, १५ चैत — गृहमन्त्री सुधन गुरुङले मनसुनलाई लक्षित गर्दै पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा भएको छलफलका क्रममा गृहमन्त्री गुरुङले आम नागरिकको सुरक्षा सुनिश्चित हुनेगरी कार्ययोजना तयार गर्न र आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राख्न जोड दिनुभयो।

उहाँले नागरिकलाई समस्या परेको अवस्थामा राज्यले उपलब्ध सबै साधन–स्रोत परिचालन गर्न हिच्किचाउन नहुने उल्लेख गर्दै नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताउनुभयो।

त्यसैगरी, गृहमन्त्री गुरुङले विद्यालय तथा कलेजका पाठ्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी विषय समावेश गर्न र विद्यार्थीलाई आधारभूत तालिम दिनुपर्नेमा पनि जोड दिनुभयो।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी दिनेश प्रसाद भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी हाल भइरहेका काम, आगामी प्राथमिकता र चुनौतीबारे प्रस्तुतीकरण गर्नुभएको थियो।