आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

93

काठमाडौं, १५ चैत — सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट निवेदन पूर्ण इजलासमा सुनुवाइ गर्ने आदेश दिएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा भएको सुनुवाइपछि उक्त मुद्दा तीन सदस्यीय पूर्ण इजलासमा पठाउने निर्णय भएको हो। सर्वोच्च प्रशासनका अनुसार बहसपछि जटिल कानुनी प्रश्न समेटिएको ठहर गर्दै पूर्ण इजलासमा पठाइएको हो।

पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बरालले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा रवि लामिछानेविरुद्ध दर्ता भएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।
उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

कानुनी प्रावधानअनुसार संयुक्त इजलासका न्यायाधीशबीच राय बाझिएमा वा जटिल कानुनी प्रश्न समेटिएको ठहर भएमा मुद्दा पूर्ण इजलासमा पठाउने व्यवस्था रहेको छ।