आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News महिलाहरूका लागि निःशुल्क ‘ब्लु बस’ सेवा सुरु गर्ने सरकारी घोषणा

महिलाहरूका लागि निःशुल्क ‘ब्लु बस’ सेवा सुरु गर्ने सरकारी घोषणा

66

काठमाडौँ, १५ चैत — सरकारले महिलाहरूको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न देशभर निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची सार्वजनिक गर्दै सरकारले यो महत्वपूर्ण योजना अघि सारेको हो।

सरकारले पहिलो चरणमा आगामी १०० दिनभित्र कम्तीमा २५ वटा ‘ब्लु बस’ सञ्चालनमा ल्याउने लक्ष्य निर्धारण गरेको जनाएको छ। यस योजना अन्तर्गत महिलाहरूलाई लक्षित गरी सुरक्षित, सहज र पहुँचयुक्त सार्वजनिक यातायात सेवा प्रदान गरिनेछ।

सार्वजनिक यातायात प्रयोग गर्दा महिलाहरूले भोग्दै आएका असुरक्षा र असहजताका समस्या समाधान गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सरकारको भनाइ छ। साथै, यस सेवाले महिला यात्रुहरूको आत्मविश्वास वृद्धि गर्ने अपेक्षा गरिएको छ।

सरकारका अनुसार ‘ब्लु बस’ सेवा सातै प्रदेशमा क्रमशः विस्तार गरिनेछ र देशभरका महिलाहरूलाई निःशुल्क यात्रा सुविधा उपलब्ध गराइने योजना छ।
यस पहलमार्फत सार्वजनिक यातायात प्रणालीलाई थप समावेशी, सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य लिइएको छ।