आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ

लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ

103

विराटनगर, चैत १५ गते ।
झापा र मोरङको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको वर्डा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-४ डाँगीबारी स्थितबाट अर्जुनधारा नगरपालिका-११ का शिब गिरी र संदिप उप्रेतिको साथबाट ८ ग्राम ३ सय ८० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ |

मोरङको कानेपोखरी गाउँपालिका-६ स्थितबाट स्थानिय दिप्लुङ राई, भिजन राई र कुमार लिम्बुलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका पाचैँ जनाको थप अनुसन्धान भई रहेको छ ।