काठमाडौं, १४ चैत — नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे ले जेन–जी आन्दोलनसम्बन्धी उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन अपारदर्शी, अपूर्ण र एकपक्षीय रहेको निष्कर्ष नेपाली कांग्रेस ले निकालेको जानकारी दिएका छन्।
शनिबार आयोजित संसदीय सचेतना कार्यक्रममा बोल्दै चालिसेले सरकारले प्रतिवेदन कार्यान्वयनका नाममा विधिको शासनविपरीत कदम चालेको आरोप लगाए। उनका अनुसार सार्वजनिक भएका अंशहरूले भदौ २३ को दमनलाई प्राथमिकता दिँदा भदौ २४ का घटनालाई बेवास्ता गरिएको देखिन्छ।
कांग्रेसले केपी शर्मा ओली र रमेश लेखक लाई पक्राउ गर्नु चयनात्मक कार्यान्वयन भएको दाबी गरेको छ। हतारमा गरिएको यस्तो कदमले न्याय प्रक्रियालाई झन् जटिल बनाउने चेतावनी पनि दिइएको छ।
सरकारले भने जेन–जी आन्दोलनसम्बन्धी प्रतिवेदन कार्यान्वयनको निर्णयअनुसार शनिबार बिहानै ओली र लेखकलाई पक्राउ गरेको थियो।

