आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News रवि लामिछानेको दाबी, बालेन पाँच वर्षभन्दा बढी समय प्रधानमन्त्री बन्न सक्छन्

रवि लामिछानेको दाबी, बालेन पाँच वर्षभन्दा बढी समय प्रधानमन्त्री बन्न सक्छन्

92

काठमाडौं, १३ चैत २०८२— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पाँच वर्षभन्दा पनि बढी समय प्रधानमन्त्री बन्न सक्ने बताएका छन्।

शुक्रबार पहिलो मन्त्रिपरिषद् बैठकअघि भएको छलफलपछि बाहिरिँदै सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले शाहको नेतृत्व दीर्घकालीन हुनसक्ने विश्वास व्यक्त गरेका हुन्। उनले वर्तमान राजनीतिक परिस्थिति र जनअपेक्षाका आधारमा शाह निरन्तर पाँच वर्ष प्रधानमन्त्री रहने मात्र होइन, सोभन्दा बढी समय पनि नेतृत्व सम्हाल्न सक्ने टिप्पणी गरे।

लामिछानेले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन पाएकोमा आफूहरूलाई गर्व महसुस भएको उल्लेख गर्दै अब वाचापत्रमार्फत जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्ने समय आएको बताए। उनले सरकार वाचापत्रभित्र रहेर काम गर्ने स्पष्ट पार्दै जनताका अपेक्षा अनुसार परिणाममुखी काममा केन्द्रित हुने बताए।

उनले सरकारको प्राथमिकता सुशासन, पारदर्शिता र विकास निर्माणलाई तीव्रता दिने रहेको समेत संकेत गरे।