आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

160

बझाङ, १० चैत २०८२– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, गाउँपालिका वडा नम्बर–९ स्थित बागथला धारी डोबा सडकमा सिँचाइ क्यानल तथा ह्युम पाइप कल्भर्ट निर्माणको क्रममा काम नभएको वा कम काम भएको अवस्थामा बढी काम भएको देखाएर झुट्टा बिल भुक्तानी गर्ने र लिने कार्य भएको पाइएको छ। यसरी सरकारी रकम गैरकानुनी रूपमा लाभ वा हानी पुर्‍याउने उद्देश्यले भुक्तानी गरिएको आयोगको दाबी छ।

प्रतिवादीमा तत्कालीन नायब प्रमुख प्रशासकीय अधिकृत भट्टसहित अन्य कर्मचारी र निर्माणसँग सम्बन्धित पाँच जना रहेका छन्। उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) तथा उपदफा (४) बमोजिम कारबाहीको माग गरिएको छ।

आयोगले कुल ८ लाख ४८ हजार ९ सय ६२ रुपैयाँ २२ पैसा बिगो कायम गरी जरिवाना र कैद सजायको माग गर्दै सो रकम असुल गर्न विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।