आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ मनाइँदै

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ मनाइँदै

97

पर्सा, १० चैत २०८२– चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको मुख्य दिन आज (मंगलबार) ब्रतालुहरूले अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ अर्पण गरेका छन्। आजको यस दिनलाई “षष्ठी” वा साँझीया घाट पनि भनिन्छ।

पर्सा वीरगन्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, नगवा, छपकैया लगायतका नदी तथा जलाशयमा ब्रतालुहरूले छठ सामग्रीमा  गेहू र चामलको ठेकुवा, फलफूल र अन्य परम्परागत सामग्री अर्पण गर्दै पूजा–आराधना गरेका छन्।

चैती छठ पर्वको पहिलो दिन व्रतालुहरूले नदी, पोखरी र तालमा नुहाइ धुवाई गरी शुद्ध भई साकाहारी भोजन ग्रहण गरेर पूजा आरम्भ गरेका थिए। दुई दिन निर्जला व्रत बसेर ब्रतालुहरूले आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् भने भोलि (बुधबार) उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत समापन हुनेछ।

धार्मिक विश्वास अनुसार, छठ पर्वले सत्य–अहिंसाप्रति मानवको रुचि बढाउँछ, परिवारमा सुख–शान्ति ल्याउँछ र दुःख तथा दरिद्रताबाट मुक्ति दिलाउँछ भने धारणा रहेको छ ।