आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पोखरिया नगरपालिकामा अख्तियारको छापा

पोखरिया नगरपालिकामा अख्तियारको छापा

75

पोखरिया, पर्सा १० चैत २०८२– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पर्साको पोखरिया नगरपालिकामा छापा मारेको छ। हेटौंडास्थित आयोग कार्यालयबाट खटिएको टोलीले नगरपालिका भित्र देखा परेको बेथिति र अनियमितताको उजुरीका आधारमा छापा मारेको जनाएको छ।

अख्तियारको टोलीले नगरपालिकाको जिन्सी शाखामा विशेष जाँचबुझ गर्दै कागजात नियन्त्रणमा लिएको छ। आयोग स्रोतका अनुसार, जाँचका क्रममा अधिकांश भेटिएका कागजातहरू केवल बिल भुक्तानीसम्बन्धी मात्र रहेको जनाएको छ ।

तर, जिन्सी शाखामा अभिलेखित हुनुपर्ने सामग्री कार्यालयमै नभई मेयर र केही कर्मचारीहरूको घरमा फेला परेको स्रोतहरूले जनाएका छन्। यसले नगरपालिकाभित्र व्यापक अनियमितता र दुरुपयोग भएको आशंकालाई थप बलियो बनाएको छ। अहिले अख्तियारले थप अनुसन्धान अघि बढाएको जनाएको छ।