101
काठमाडौँ, १० चैत २०८२- सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनीको २२औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो |
कार्यक्रमका अवसरमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै आईजीपी अर्यालले बाहिनी तथा मातहतका युनिटमा कार्यरत कर्मचारीहरुलाई स्थापना दिवसले थप ऊर्जा र हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले कर्तव्य निर्वाहमा उच्च मनोबलका साथ परिचालित हुन आग्रह गर्दै यस्ता कार्यक्रमलाई सभ्य, सरल र सहभागितामूलक ढंगले सञ्चालन गर्दै संस्थागत संस्कृतिको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।
