आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ‘यो राजिनामा हतारको निर्णय होइन’—थापाको स्पष्ट सन्देश

‘यो राजिनामा हतारको निर्णय होइन’—थापाको स्पष्ट सन्देश

63

काठमाडौँ, १० चैत २०८२-  गगनकुमार थापाले आफ्नो राजीनामा कुनै हतार, दबाब वा निराशाका कारण नभई पूर्ण रूपमा जिम्मेवारीबोधका आधारमा दिएको बताएका छन्। मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा उनले प्रतिनिधिसभा निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको बैठकबाट स्पष्ट पारे।

उनका अनुसार निर्वाचनपछि नै राजीनामा दिने योजना बनाइएको थियो। उनले पार्टी विधानअनुसार राजीनामा विश्वप्रकाश शर्मालाई बुझाइसकेको र अब केन्द्रीय समितिमा प्रस्तुत हुने बताए।

विशेष महाधिवेशनको निर्णयबारे कुनै द्विविधा नरहेको उल्लेख गर्दै थापाले पछिल्लो निर्वाचनले पार्टीलाई नयाँ मोडमा पुर्‍याएको बताए। उनले आगामी पाँच वर्ष नेपाली कांग्रेसका लागि निर्णायक हुने धारणा राखे।

यसैबीच, बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनअपेक्षा अनुसार काम गर्न आग्रह गर्दै नयाँ सरकारलाई बधाइ दिएका छन्।