आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सरकारद्वारा प्रतिवेदन सार्वजनिक गर्ने तयारी, दोषीमाथि कारबाही सिफारिस

सरकारद्वारा प्रतिवेदन सार्वजनिक गर्ने तयारी, दोषीमाथि कारबाही सिफारिस

88

काठमाडौँ, १० चैत २०८२- सरकार जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा जुटेको छ। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठन गरिएको आयोगको प्रतिवेदन आज–भोलिमै सार्वजनिक हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री सुशिला कार्की वरिष्ठ मन्त्रीहरुसँग प्रतिवेदन सार्वजनिक गर्ने मितिबारे आन्तरिक छलफलमा रहेको बताइएको छ। उक्त छलफलपछि मिति टुंगो लाग्नेछ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन सार्वजनिक गर्न देशभरबाट दबाब बढ्दै गएको छ।
स्रोतका अनुसार प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको छ। उनीहरुलाई १०–१० वर्ष कैद सजायको सिफारिस गरिएको बुझिएको छ।

त्यस्तै, सशस्त्र प्रहरीका आईजी राजु अर्याललाई तीन वर्ष कैद सिफारिस गरिएको छ भने अन्य अधिकारीहरुमाथि पनि कारबाही गर्न सुझाइएको छ |