आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ६ दिने Swift Water Rescue तालिम सम्पन्न, २४ सुरक्षाकर्मी लाभान्वित

६ दिने Swift Water Rescue तालिम सम्पन्न, २४ सुरक्षाकर्मी लाभान्वित

85

काठमाडौँ, ७ चैत — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना, अनुगमन तथा सुपरिवेक्षणमा ६ कार्यदिनसम्म सञ्चालन भएको Swift Water Rescue (SWR) तालिम हिजो शुक्रवार सम्पन्न भएको छ। तालिम सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको व्यवस्थापन तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो।

तालिममा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका गरी २४ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बाढी तथा तीव्र बहाव भएका पानीमा गरिने उद्धारसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान हासिल गरेका छन्।

प्राधिकरणले सुरक्षा निकायहरूसँगको समन्वय, सहकार्य र साझेदारीमा SWR तालिमसँगै CSSR, CADRE, MFR तथा HOPE जस्ता विभिन्न क्षमता अभिवृद्धि तालिमहरू समेत सञ्चालन गर्दै आएको जनाएको छ।

उक्त तालिममार्फत खोज तथा उद्धार कार्यमा खटिने सुरक्षाकर्मीहरूको दक्षता अभिवृद्धि भई विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन टेवा पुग्नेछ।