आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News आज सुन तोलामा ७ हजार ८ सय र चाँदी ११५ रुपैयाँले घट्यो

आज सुन तोलामा ७ हजार ८ सय र चाँदी ११५ रुपैयाँले घट्यो

83

काठमाडौँ, ६ चैत – बजारमा सुनचाँदीकोे भाउ निरन्तर घट्दै गइरहेको छ । आज सुन तोलामा ७ हजार ८ सय र चाँदी १ सय १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५ सय र त्यति नै परिमाणमा चाँदीको मूल्य ४ हजार ८ सय ९५ कायम भएको छ ।

बिहीबार एक तोला सुन ३ लाख २ हजार ३ सय र चाँदीको मूल्य ५ हजार १० कायम भएको थियो ।