आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज: सभापति गगन थापाको राजीनामामाथि छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज: सभापति गगन थापाको राजीनामामाथि छलफल हुने

85

काठमाडौं, शुक्रबार  ६ गते चैत — नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा आयोजना हुने छ।

बैठकमा सभापति गगन थापा को राजीनामा प्रमुख एजेन्डाका रूपमा रहनेछ। साथै आगामी नियमित महाधिवेशन, हालै सम्पन्न निर्वाचनको समीक्षा तथा भावी रणनीति र कार्ययोजनाबारे पनि छलफल हुने जनाइएको छ।
सभापति थापाले गत बुधबार पदबाट राजीनामा दिएका थिए। उनी गत माघ १ गते सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए।

यसैबीच, उपसभापति विश्वप्रकाश शर्मा ले केन्द्रीय कार्यसमिति बैठकमा थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने जानकारी दिएका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले लेखेका छन्, “नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक हो, तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्नु हो।”

उनले थपेका छन् कि बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्रमाथि छलफल तथा राजीनामा अस्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। “डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन,” उनले उल्लेख गरेका छन्।
दिउसो १ बजे बस्न लागेको बैठकबाट पार्टीको वर्तमान राजनीतिक अवस्थाबारे महत्वपूर्ण निर्णय लिने नेताहरुले बताएका छ।