आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा पर्साका एसपी सुदीपराज पाठकसहित ६९ प्रहरी पुरस्कृत

निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा पर्साका एसपी सुदीपराज पाठकसहित ६९ प्रहरी पुरस्कृत

85

वीरगंज, ५ चैत –  जिल्ला प्रहरी कार्यालय पर्सा का प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठक उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत भएका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी प्रधान कार्यालय ले उनलाई सम्मान गरेको हो।

पर्साका चार वटै निर्वाचन क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउँदै कुनै ठूला अवाञ्छित घटना हुन नदिएको मूल्याङ्कन गरिएको छ।

दानबहादुर कार्की (आइजिपी) को निर्णयअनुसार एसपी पाठकसहित एआइजिपीदेखि प्रहरी जवानसम्मका कुल ६९ जना प्रहरी कर्मचारीलाई समेत नगद पुरस्कार प्रदान गरिएको छ |