आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष मतपरिणामसहितको प्रतिवेदन पेश, सरकार गठन प्रक्रिया अघि बढ्ने

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष मतपरिणामसहितको प्रतिवेदन पेश, सरकार गठन प्रक्रिया अघि बढ्ने

103

काठमाडौँ, ५ चैत — निर्वाचन आयोगले सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ।
बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू डा. जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्ण बहादुर राउत राष्ट्रपतिको कार्यालय पुगेर उक्त प्रतिवेदन बुझाएका हुन्।

आयोगले प्रतिवेदन पेश गरेसँगै अब मुलुकमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ। यससँगै संसद् अधिवेशन आह्वान गर्ने संवैधानिक प्रक्रिया पनि अगाडि बढ्नेछ।

राष्ट्रपति पौडेलले प्रतिवेदन अध्ययन गरेपछि संविधानअनुसार आवश्यक प्रक्रिया अघि बढाउने जनाइएको छ।
निर्वाचन सम्पन्न भएसँगै राजनीतिक दलहरूबीच सरकार गठनका लागि आन्तरिक छलफलसमेत तीव्र बन्दै गएको छ। अब केही दिनभित्रै नयाँ सरकार गठनको स्पष्ट खाका सार्वजनिक हुनेछ।