आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सभापति गगन थापाले दिए राजीनामा

सभापति गगन थापाले दिए राजीनामा

69

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको जानकारी एक केन्द्रीय नेताले दिएका छन्।

स्रोतका अनुसार समानुपातिकतर्फको सूची बुझाउने विषयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि थापाले राजीनामा पेश गरेका हुन्। यद्यपि, राजीनामा पत्र सार्वजनिक नगर्ने सर्तमा बुझाइएको बताइएको छ।

थापाको राजीनामापछि पार्टीभित्र राजनीतिक तरंग सिर्जना भएको छ। भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठक थापाको अध्यक्षतामा नबस्ने पनि जनाइएको छ। उक्त बैठक ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने तय भएको छ।

केन्द्रीय समितिको बैठकमा थापाको राजीनामाबारे विस्तृत छलफल हुने बताइएको छ। स्रोतका अनुसार बैठकले थापाको राजीनामा अस्वीकृत गर्दै फिर्ता लिन आग्रह गर्ने सम्भावना रहेको छ।