आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले घट्यो

66

काठमाडौँ, ५ चैत –  बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेको हो।

महासंघले निर्धारण गरेको आजको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ।