आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउने नीति लागू

पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउने नीति लागू

94

काठमाडौँ, ३० फागुन 
सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोग गर्ने नीति लागू गरेको छ। मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ राजपत्रमा प्रकाशित भएसँगै नेपाल आयल निगमले उपलब्धताअनुसार पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाउन सक्ने व्यवस्था गरिएको छ।

आदेशअनुसार नेपाल आयल निगमले उपलब्धताअनुसार प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्ने व्यवस्था गरिएको छ। आवश्यकताअनुसार मन्त्रिपरिषद्ले यो अनुपात घटबढ गर्न सक्नेछ। सरकारका अनुसार यस नीतिले स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोतको उपयोग वृद्धि र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने लक्ष्य राखेको छ।

इथानोल एक प्रकारको अल्कोहल (Alcohol) हो, जसलाई प्रायः इथाइल अल्कोहल पनि भनिन्छ। यो रंगहीन, ज्वलनशील तरल पदार्थ हो र विभिन्न जैविक कच्चापदार्थबाट उत्पादन गर्न सकिन्छ।