काठमाडौँ, ३० फागुन — कतारमा रहेका घर फर्किन चाहने नेपाली नागरिकलाई त्यहाँस्थित नेपाली दूतावासले सम्पर्कमा आउन आग्रह गरेको छ। मध्य पूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले यस्तो सूचना जारी गरेको हो।
शनिबार जारी गरिएको सूचनामा साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने नेपाली नागरिकले आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गरिएको छ।
विशेषगरी वैध आवासीय अनुमति पत्र अर्थात् कतार आइडी भएका नेपालीहरूले दोहास्थित ताशिर साउदी भिसा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अपोइमेन्ट बुक गर्नुपर्ने दूतावासले जनाएको छ।
दूतावासका अनुसार भिसा आवेदनका लागि एजदान मल (अल घराफ) स्थित भिसा केन्द्रमा सम्पर्क गर्न सकिन्छ। अपोइमेन्ट बुक गर्न चाहनेहरूले फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।
मध्य पूर्वको परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षित रूपमा स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई आवश्यक प्रक्रिया समयमै पूरा गर्न दूतावासले अनुरोध गरेको छ | बाकी विवरण यस पत्रमा हेर्नुहोस
