आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News रास्वपाको सचिवालय बैठक आज बस्दै, समानुपातिक उम्मेदवार सिफारिस र विधान संशोधनबारे छलफल

रास्वपाको सचिवालय बैठक आज बस्दै, समानुपातिक उम्मेदवार सिफारिस र विधान संशोधनबारे छलफल

131

काठमाडौं, ३० फागुन – रास्वपाको सचिवालय बैठक आज बस्ने भएको छ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने जनाइएको छ।

पार्टीका सभापति रवि लामिछाने र बरिष्ट नेता बालेन्द्र शाहको निर्देशनअनुसार सचिवालय बैठक बोलाइएको हो। पार्टीका प्रवक्ता ले आज बैठक बस्ने जानकारी दिँदै समय र स्थान भने अझै तय नभएको बताए।

उनका अनुसार बैठकमा समानुपातिक उम्मेदवार सिफारिसका साथै पार्टीका केही नीतिगत विषयमा पनि छलफल हुनेछ। बैठकले वरिष्ठ नेता लाई प्रधानमन्त्री बनाउने सम्भावित राजनीतिक बाटो खुलाउन पार्टी विधान संशोधन गर्ने विषयमा समेत विचार गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

रास्वपाले आगामी राजनीतिक रणनीति, संगठनात्मक व्यवस्थापन र अन्य विविध समसामयिक विषयमा पनि बैठकमा छलफल गर्ने जनाएको छ।