74
काठमाडौँ, २९ फागुन
गर्मी सुरु भएसँगै पानीको मुहान सुक्दा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ शंखपिपलस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव भएको छ।
पानीको मुहान सुक्दा करिब ९०१ जना विद्यार्थी, शिक्षक र कर्मचारी पानीको अभाव झेलिरहेका छन्। हाल सोलार लिफ्ट प्रणालीबाट दिनमा २००–५०० लिटर मात्र पानी उपलब्ध हुने भएकाले पिउन र सरसफाइका लागि पर्याप्त छैन।
समस्या समाधानका लागि बनगाड खोला नजिक कुवा खनेर लिफ्ट प्रणालीमार्फत पानी ल्याउने विकल्पबारे विद्यालयले नगरपालिका र प्रदेश सरकारसँग माग गरेको छ |