आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घट्यो

सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घट्यो

101

काठमाडौं, २९ फागुन – साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार घटेसँगै छापावाल सुनको भाउ प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ५ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँ रहेको थियो।