आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News लागू औषधसहित ४ जना पक्राउ

लागू औषधसहित ४ जना पक्राउ

72

विराटनगर, २९ फागुन – झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले फागुन २८ गते सुनसरीको धरान–१३ बाट संखुवासभा सिलिचोङ गाउँपालिका–४ का २० वर्षीय सन्दिप राईलाई ३० किलोग्राम गाँजासहित पक्राउ गरेको हो।

यसैगरी, अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धरान–११ बाट सोही स्थानका डानियल राईलाई ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १ सय ४९ ट्याब्लेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय झिलझिले, झापाले शिवसताक्षी नगरपालिका–११ का ३२ वर्षीय शिवा मल्लिक र शिवसताक्षी–८ का कैलाश रणपयलीलाई १ ग्राम ६ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेका उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।