75
काठमाडौँ, २९ फागुन – पश्चिम एसियामा बढेको युद्धको प्रभावसँगै नेपालमा खाना पकाउने एलपी ग्यासको अभाव बढेको छ। डेढ महिनादेखि उपभोक्ताले सहज रूपमा ग्यास नपाउँदा उद्योगमै लाम लाग्ने अवस्था आएको छ।
नेपाल आयल निगम ले भने भारतबाट ग्यास आयातमा समस्या नभए पनि उपभोक्ताले अनावश्यक रूपमा स्टक गरेकाले बजारमा कृत्रिम अभाव देखिएको जनाएको छ। यसलाई कम गर्न निगमले आज शुक्रबारदेखि १४. २ केजीको सट्टा आधा सिलिन्डर (७.१ केजी) मात्रै बिक्री गर्ने निर्णय गरेको छ, जसका लागि उपभोक्ताले आधा मूल्य तिरे पुग्छ।
हाल देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर रहेको जनाइएको छ।
