आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News स्वास्थ्य बीमा सेवामा अनियमितता नगर्न सेवा प्रदायकलाई निर्देशन

स्वास्थ्य बीमा सेवामा अनियमितता नगर्न सेवा प्रदायकलाई निर्देशन

81

काठमाडौं, २७ फागुन –  स्वास्थ्य बीमा बोर्ड ले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा हुने अनियमितता रोक्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्र जारी गरी निर्देशन दिएको छ।

बोर्डले हालै जारी गरेको पत्रमा केही स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले बीमितलाई दिइने विभिन्न प्याकेजभित्र समावेश औषधि तथा औषधिजन्य सामग्रीहरू सोही संस्थाबाट उपलब्ध गराउनु पर्ने भए पनि बाहिरी औषधि पसलबाट नगदमा खरिद गर्न लगाएको गुनासो प्राप्त भएको जनाएको छ।

पत्रमा यस्तो कार्य स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधि विपरीत हुने उल्लेख गरिएको छ।

बोर्डले सेवा प्रवाहका क्रममा यस्ता गतिविधि नगर्न तथा प्रचलित ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पूर्ण पालना गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ।

साथै अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) बमोजिम कारबाही हुने चेतावनी समेत बोर्डले दिएको छ।