आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ओलीलाई ४९ हजार बढी मतले हराउँदै बालेन झापा–५ बाट विजयी

ओलीलाई ४९ हजार बढी मतले हराउँदै बालेन झापा–५ बाट विजयी

94

झापा, २३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा ५ मा भारी मतले निर्वाचित भएका छन्।

नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतले पछि पार्दै बालेन शाह निर्वाचित भएका हुन्।

१ लाख ६ हजार ३ सय ७२ मत खसेकोमा बालेनले ६८ हजार ३ सय ४८ प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका ओलीले १८ हजार ७ सय ३४ मत प्राप्त गरेका निर्वाचन अधिकृतले जनाएका छन्।

झापा ५ मा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ। रास्वपाको ताजा अवस्थालाई हेर्दा अहिलेसम्म रास्वपा ले ६२ ठाउँमा जीत हासिल गरिसकेको छ भने ५९ ठाउँमा अग्र स्थानमा रहेको छ |