59
प्यूठान, २२ फागुन — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्यूठानमा मतगणना सुरू भएको छ। प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशान्त बैदिक अग्रस्थानमा देखिएका छन्।
हालसम्म १ हजार ३ सय ४७ मत गणना हुँदा बैदिकले ५ सय ५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्दराज पोखरेलले ४ सय ६६ मत पाएका छन्।
यसैगरी राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले १ सय ३४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले १ सय ८ मत पाएका छन्।
नेकपा एमालेका उम्मेदवार सूर्य थापा पाचौ स्थानमा रहेका छन । उनले हालसम्म ६९ मत मात्र प्राप्त गरेका छन्।