आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News २ सय २० मत सहित माधव नेपाल पाचौ स्थानमा

२ सय २० मत सहित माधव नेपाल पाचौ स्थानमा

117

रौतहट, २२ फागुन – रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनाको प्रारम्भिक चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन्।

गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा रहेको मतगणना केन्द्रमा गरुडा–१ जयनगरबाट मतगणना सुरु गरिएको हो। हालसम्मको मतपरिणामअनुसार चौधरीले ७ सय ६ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार योगेन्द्र यादवले ५ सय ५७ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ३ सय १२ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले २ सय ८८ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले २ सय २० मत प्राप्त गर्दै प्रारम्भिक मतगणनामा पाँचौं स्थानमा रहेका छन्।