106
चितवन, २२ फागुन — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ। प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने फराकिलो अग्रतामा देखिएका छन्।
पछिल्लो विवरणअनुसार लामिछानेले ६ हजार ७ सय मत प्राप्त गर्दै अग्रस्थान कायम राखेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३ सय २९ मत पाएका छन्।
यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार मिनाकुमारी खरेल २ हजार ३ सय २२ मतसहित तेस्रो स्थानमा रहेकी छन् भने नेकपा उम्मेदवार प्रताप गुरुङले १ हजार ५ सय ५८ मत प्राप्त गरेका छन्।
निर्वाचन कार्यालयका अनुसार हालसम्म उक्त क्षेत्रमा १४ हजार २२ मत गणना भइसकेको छ।