94
काठमाडौँ, २० फागुन – भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि देशभरका निर्वाचन क्षेत्रमा हेलिकोप्टर गस्ती गर्ने निर्णय भएको छ।
आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सेनाको हेलिकोप्टर मात्र नभई निजी कम्पनीका हेलिकोप्टरबाट पनि पेट्रोलिङ गर्ने निर्णय गरेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आर्चाय सुवेदीले जानकारी दिइन्।
सुरक्षाका लागि हेलिकोप्टरलाई स्ट्यान्डबाइ राख्ने पनि निर्णय गरिएको छ।भोलि बिहान ७ बजे देखि मतदान गर्न पाइने निर्वाचन आयोगले जानकारी दिएको छ |